१२ कार्तिक २०८३, बिहिबार

अहिले कहाँ छन् देउवा ?



काठमाडौं । जेनजी आन्दोलनपछि राजधानीसहित देशभर स्थिति तनावग्रस्त बन्दै गएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले घरमै आगो लगाइदिएका हुन् । देउवा बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न निस्किएको बताइएको छ । हाल उनी कहाँ छन् भन्ने जानकारी छैन ।