मन्त्री क्वार्टरमा आगजनी
काठमाडौं । ललितपुरस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सोमबारको जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि देशभर प्रदर्शन थप उग्र बन्दै गएको छ ।
आज बिहानैदेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू अहिले शीर्ष नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।














