१२ कार्तिक २०८३, बिहिबार

हेलिकोप्टर मार्फत कहाँ पुगे भीआईपीहरू ?



काठमाडौं । भैंसेपाटीस्थित सरकारी क्वार्टरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ ।

उनीहरूका परिवारसहित केही भीआईपीहरूलाई सेनाको भैरवनाथ गणमा सुरक्षित राखिएको स्रोतले जनाएको छ । भैरवनाथ गण पूर्वयुद्धकालमा बन्दी राखिने उच्च सुरक्षा क्षेत्र हो ।

अहिले राज्यका प्रमुख व्यक्तिहरूलाई सुरक्षाको कारण राखिएको बताइएको छ । कतिपय मन्त्री र उच्चपदस्थ व्यक्तिहरूलाई अन्य अज्ञात सुरक्षित स्थानहरूमा पनि सारिएको जनाइएको छ ।