१२ कार्तिक २०८३, बिहिबार

ओलीको राजिनामापछि देशको नेतृत्व बारे के भन्छन् बालेन ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको नेतृत्व अब जेनजी पुस्ताले लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,‘अब यो देशको नेतृत्व जेनजीहरूले गर्नुपर्छ ।’ यसका साथै सेना प्रमुखसँग वार्ताका लागि तयार रहनु पर्ने आग्रह पनि उनले सोही पुस्तालाई गरेका छन् । तर, उनले यसअघि संसद विघटन अनिवार्य शर्तका रूपमा राखेका छन् ।

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् —वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।