१३ कार्तिक २०८३, शुक्रबार

सडक विभागमा समेत आगजनी



काठमाडौं । चर्किंदो आन्दोलनबीच प्रदर्शनकारीहरूले मंगलबार साँझ बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन् ।

यसअघि उनीहरूले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवासलगायतका संरचनामा पनि आगजनी गरिसकेका छन् ।

सुरक्षाकर्मीहरू घटनास्थलमा तैनाथ गरिएका छन् । तर, स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।