व्यवसायी चौधरी र गोल्छाको घरमा लुटपाट
काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै जाँदा अब प्रदर्शनकारीको आक्रोश व्यक्तिगत सम्पत्तितर्फ समेत केन्द्रित भएको छ ।
प्रदर्शनकारीहरूले उद्योगपति विनोद चौधरीको रविभवन स्थित निवासमा तोडफोड, लुटपाट र आगजनी गरेका छन् । यस्तै, व्यवसायी शेखर गोल्छाको सितापाइला घरमा पनि तोडफोड गरेको बताइएको छ ।
यसअघि संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास शीतल निवास, सर्वोच्च अदालत, सञ्चारगृहहरू तथा निजी व्यवसायिक भवनमा पनि प्रदर्शनकारीको आक्रमण भइसकेको छ ।















