१२ कार्तिक २०८३, बिहिबार

चितवनमा प्रचण्डको घरमा आगजनी



काठमाडौं । काठमाडौं चर्किंदो जेनजी आन्दोलनबीच प्रदर्शनकारीहरूले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूको समूहले आज दिउँसो चितवनको खैरहनीस्थित प्रचण्ड निवासमा आगो लगाएको पुष्टि भएको छ । यससँगै आन्दोलनले शीर्ष नेताहरूको निजी सम्पत्तिमासमेत प्रहार गर्न थालेको छ ।