दुई कारागारबाट निस्के एक हजार कैदीबन्दी
काठमाडौं । जेन–जी आन्दोलन चर्किँदै जाँदा कास्की र तुलसीपुर कारागारबाट कैदीबन्दी निस्किएका छन् ।
कास्की कारागारबाट ९०० भन्दा बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कडा सुरक्षा गरिएको कारागार साँझपख खाली जस्तै बनेपछि प्रदर्शनकारीहरू भित्र पसेका थिए । कारागारका अनुसार त्यहाँ कुल ९८१ कैदी थिए।
त्यस्तै तुलसीपुर कारागारबाट पनि १२४ जना कैदी भागेका छन् । बेलुका पाँच बजे मूलगेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् । एक ब्लकमा रहेका १७९ मध्ये ५५ जना भने कारागारमै बसेका छन्।















