१२ कार्तिक २०८३, बिहिबार

जेनजी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अभिनेता राजेश हमालले के भने ?



काठमाडौं । जेनजी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन सबैलाई आग्रह गरेका छन् ।

हिजो शहीद भएका युवाको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हमालले भने,‘८ सेप्टेम्बर नेपालको कालो दिन हो। केही घण्टामै १९–२२ वर्षका युवाहरूको विभत्स हत्या भयो ।’

उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरू कुनै नेताको निजी सम्पत्ति नभई हरेक नेपालीको साझा सम्पत्ति भएको स्मरण गराए । साथै, उनले सामाजिक सञ्जाल प्रतिबन्ध आन्दोलनको बहाना मात्र भएको उल्लेख गर्दै भने, ‘यो आक्रोश ५ वर्षको होइन, वर्षौंको पीडा हो ।’