जेनजी आन्दोलनबाट निजी क्षेत्र पनि प्रभावित, कहाँ कहाँ भयो तोडफोड र आगजानी ?
काठमाडौं । जेनजी आन्दोलनकारीहरूले निजी क्षेत्रका विभिन्न संस्थाहरूमा आक्रमण गरेका छन् । उनीहरुले विभिन्न कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले मिनबहादुर गुरुङको भाटभटेनी सुपरस्टोर (नक्साल), चौधरी ग्रुपको नैकापस्थित कारखाना, हिल्टन होटल, र बर्णवासा होटलमा आगजनी गरेका छन् ।
हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको लगानी रहेको भनिन्छ ।
त्यस्तै, सीजी इलेक्ट्रोनिक्स र सीजी मोटर्स (थापाथली), साथै एनआरएन इन्फ्रास्ट्रक्चरको बर्णवासा होटलमा पनि आक्रमण गरिएको छ ।













