१२ कार्तिक २०८३, बिहिबार

सुरक्षाको नेतृत्व लिँदै नेपाली सेना, राती १० बजेपछि सक्रिय हुने



काठमाडौं । नेपाली सेनाले मंगलबारको तनावपूर्ण परिस्थितिका बीच आज राति १० बजेदेखि सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने घोषणा गरेको छ ।

सेनाले जनजी आन्दोलनका कारण भएका लुटपाट, आगजनी र अन्य विध्वंसात्मक गतिविधिहरूलाई नियन्त्रणमा लिन सबै सुरक्षा संयन्त्रलाई सक्रिय पार्ने जनाएको छ । सेनाले देशवासीलई स्थिति नियन्त्रणमा ल्याउन सहयोगको अपिल समेत गरेको छ ।