पूर्ण रूपमा ध्वस्त भयो संसद भवन, यस्तो छ अहिलेको ताजा अवस्था (फाेटाे फिचर)
काठमाडाैं । नयाँ बानेश्वरस्थित संघिय संसद भवन पूर्ण रूपमा जलेर नष्ट भएकाे छ ।
जेनजी प्रदर्शनमा प्रहरी दमन हुँदा आक्रोशित समूहले संसद भवन भित्र प्रवेश गरी आगो लगाइदिएपछि हिजो रातभर जलेको थियो ।
आगलागीबाट संसद भवनभित्रका सभा हल, दलका कार्यालय सबै नष्ट भएका छन् ।
रातभर जलेको संसद भवनभित्र आज बिहानसम्म पनि धुवा आइरहेको अवस्था छ ।






























