बुधबार सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।
यद्यपी आजका लागि छापावाल सुन प्रतितोला मंगलबारकै मूल्य २ लाख १४ हजार ७०० रुपैयाँ कायम गरीएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो। गत सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ५ १५ रुपैयाँ तोकिएको चाँदीको मूल्य आज २ हजार ५०५ रुपैयाँ कायम भएको छ ।
हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गरी सबै बजार भने बन्द गरीएको छ ।













