११ श्रावण २०८३, सोमबार

मुख्यसचिवकाे अध्यक्षतामा भर्चुअल बैठक बस्दै, अत्यावश्यक सेवा प्रवाहमा केन्द्रित हुने



काठमाडौं । बुधबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा भर्चुअल बैठक बस्ने भएको छ। बैठक आज दिउँसो साढे १२ बजे बस्दै छ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणका लागि मुख्य सचिव अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्ने भएको हो।

अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि बैठक बस्न लागेको बताइएको छ ।

यस्तै हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचनामा क्षति पुग्दा अत्यावश्यक सेवामा परेको असरलाई तत्काल तत्काल सम्बोधन गर्न पनि बैठकले सहजिकरण गर्ने छ ।