१२ कार्तिक २०८३, बिहिबार

जेनजी प्रदर्शनमा लुटपाट र आक्रमण : नेपाली सेनाले कब्जा गर्यो हतियार र नगद



काठमाडौं । मंगलबारको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट झण्डै दुई दर्जन हतियार लुटिएका थिए । तर, अहिल ती हतियारहरु नेपाली सेनाले आफ्नो जिम्मामा लिएको छ ।

सेनाले २३ थान हतियार र ३३ लाख ७० हजार रुपैयाँ नगद कब्जा गरेको जानकारी दिएको छ । भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका सैनिकलाई पनि युवाहरुले हतियार बुझाएका छन् ।

प्रदर्शनका क्रममा आक्रोशित समूहले प्रहरीलाई कुटपिट गर्दै हतियार लुटेका थिए । सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । घटनापछि सेनाले सुरक्षा सम्हाल्दै लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । सेनाले अब विभिन्न ठाउँमा गस्ती गर्दै सुरक्षा बल पुर्‍याइरहेको छ ।