त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि नै विमानस्थल बन्द रहेको थियो । तर, बुधवार १२ बजेमा खोल्ने तयारी भए तापनि विषम परिस्थितिका कारण विमानस्थल अझै खुल्ने निश्चित छैन ।
विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म विमानस्थल सञ्चालनमा नआउने जानकारी गराएको छ । हाल आन्तरिक र बाह्य दुवै उडानलाई प्रभावित बनेका छन् ।














