लुटिएका हतियार र सुरक्षा सामग्री तत्काल बुझाउन सेनाको आग्रह
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीबारुद र अन्य सुरक्षा सामग्री नेपाली सेनाले तुरुन्त बुझाउन आग्रह गरेको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै हतियारको दुरुपयोगबाट जनधनको क्षति हुन सक्ने भन्दै ती सामग्री नजिकैको सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको छ ।
साथै, सेनाले संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि चेतावनी दिएको छ ।
















