१२ कार्तिक २०८३, बिहिबार

त्रिवि क्याम्पसहरूमा छठपछि मात्र पढाइ सुरु हुने



काठमाडौँ । देशभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा छठपर्वपछि मात्र पढाइ सुरु हुने भएको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि मात्रै नियमित कक्षा सञ्चालन हुने जनाएको छ ।

विश्वविद्यालयले भदौ २९ देखि कार्तिक ९ गतेसम्मका कक्षा स्थगित गर्दै हिउँदे बिदाबाट कटौती गरिने जनाएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण शिक्षण संस्था प्रभावित भएका छन् ।