आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटले माग्ये माफी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आगलागीका कारण डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा भायानेटले माग्ये माफी



काठमाडौं । भदौं २३ र २४ गते भएको प्रदर्शनकारीले आगजनी गर्दा भायानेटको इन्टरनेट र भाया टिभी सेवा अवरूद्ध भएको छ ।

हालै इन्टरनेट र भाया टिभी सेवामा आएको अवरोधका लागि आफ्ना ग्राहकहरूसमक्ष परेको भन्दै भायानेटले माफि मागेको छ।

‘भदौ २४ गते साँझ करिब ४ः४५ बजे, प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित हाम्रो प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍यायो। यद्यपि हामीसँग ब्याकअप डाटा सेन्टरहरू रहेका छन्, यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध भयो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएके छ ।

प्राविधिक टोली तुरुन्तै खटाइए पनि भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको कम्पनीले जनाएको छ । त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकिए पनि धेरै ग्राहक अझै प्रभावित भएको बताइएको छ ।

त्यतिबेला भाया टिभी सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो। भदौ २५ गते बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरे विज्ञप्तिमा भनिएके छ ।

प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य छ। भाया टिभी सेवा पनि चाँडै सुचारु गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्