१२ कार्तिक २०८३, बिहिबार

सुशीला कार्कीको नाम विरुद्ध विरोध, जंगीअड्डा अगाडि युवाहरु आक्रोशित



काठमाडौं । अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि बढाइएपछि विरोध सुरु भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका केही युवाहरूले कार्कीलाई ‘सरकार प्रमुख स्वीकार्य छैन’ भन्दै नाराबाजी गरेका छन् ।

विरोधमा सहभागी युवाहरूले जेनजी आन्दोलनको मर्म तोडिएको आरोप समेत लगाएका छन् । ‘कार्की जनआन्दोलनको माग होइन’ भन्ने जस्ता नाराहरू लगाएका छन् ।

सेनाले स्थिति नियन्त्रणमा लिन प्रयास गर्दै प्रदर्शनकारीहरूलाई हटाउने प्रयास गरिरहेको छ ।