१२ कार्तिक २०८३, बिहिबार

प्रहरीले भन्यो,‘हतियार बुझाउनू, पोशाकको दुरुपयोग नगर्नु’



काठमाडौं । नेपाल प्रहरीले हालै सम्पन्न प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका सुरक्षासम्बन्धी सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।

भदौ २३ देखि २५ गतेसम्म भएका प्रदर्शनका क्रममा लुटिएका वा फेला परेका सुरक्षा हातहतियार, सञ्चार उपकरण, सवारी साधन, असबाब र अन्य भौतिक सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ ।

प्रहरीले आफ्नो पोशाक तथा सामग्रीको दुरुपयोग नगर्न र सूचना उपलब्ध गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।