आत्मसमीक्षा, सुधार र प्रतिवादको तयारीमा प्रमुख दल, संयुक्त छलफलमा जुटे
काठमाडौं । चार प्रमुख दलका नेताहरु संयुक्त छलफलमा जुटेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक तरंगका बीच नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका युवा नेताहरू संयुक्त छलफलमा जुटेका हुन् ।
भर्चुअल संवादमा कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी छन् ।
छलफलमा राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, पश्चगमन प्रयासको प्रतिवाद गर्नुपर्ने लगायतमा विषयहरु उठेका छन् ।
नेताहरूले जनताप्रति दलहरूको जिम्मेवारी, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै सुधारका लागि स्पष्ट नीतिगत कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।















