केयूमा पनि छठ पर्वपछि मात्र पठन पाठन
काठमाडौं । पछिल्लो राजनीतिक तनाव र सुरक्षा चुनौतीका कारण काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्नो सम्पूर्ण शैक्षिक गतिविधि छठ पर्वपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी, शिक्षक र कर्मचारीको आवतजावतमा समस्या देखिएपछि यस्तो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ । परीक्षा र अन्य शैक्षिक कार्यक्रमहरू पनि पठनपाठन सुरु भइसकेपछि मात्र सुचारु गरिनेछ ।
यसबीच, स्कुलस्तरीय परीक्षा सञ्चालन सम्बन्धी निर्णय भने सम्बन्धित डीन र परीक्षा नियन्त्रकको समन्वयमा हुने केयूले स्पष्ट पारेको छ । विश्वविद्यालय होस्टलमा बस्ने विद्यार्थीहरूका लागि काठमाडौं जान २७ र २८ भदौ बिहान ६:३० बजे धुलिखेल मेन गेटबाट बसको व्यवस्था गरिएको छ ।















