१२ कार्तिक २०८३, बिहिबार

सिडिएससीको राफसाफ तथा फछ्र्यौट सेवा स्थगित



काठमाडौं । हालैको आन्दोलनपछिको विषम परिस्थितिका कारण सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएसी) ले आजका लागि धितोपत्र कारोबार सम्बन्धी राफसाफ तथा फछ्र्यौट सेवा स्थगन गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मुलुकभर भएको कर्फ्यू तथा निषेधाज्ञाका कारण भौतिक क्षति व्यहोर्नुपरेको सूचनामा उल्लेख छ ।

सोको असर निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंक तथा लगानीकर्ताहरूको कार्यसञ्चालनमा परेको भन्दै सिडिएसले सेवा स्थगन गर्ने निर्णय गरेको हो ।