सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । आज सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख १५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
बिहिबार ताेलामा ५०० रूपैयाँ घटेर सुनकाे मूल्य प्रतिताेला २ लाख १४ हजार २०० रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदीको मूल्य पनि तालामा एकैदिन ६० रूपैयाँले बढेकाे छ । हिजाे २ अजार ५०५रूपैयाँमा स्थिर रहेकाे चाँदी यसदिन प्रतिताेला २ हजार ५६५ रूपैयाँ कायम भएकाे छ ।













