१ कार्तिक २०८३, आइतबार

नयाँ सरकार सिंहदरबारबाटै गठन हुन्छ, त्यसको व्यवस्थापन हामी गर्छौं : मुख्यसचिव अर्याल



काठमाडाैं । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारबाटै चल्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि मुख्य सचिव अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको भन्दै सिंहदरबारबाटै काम गर्ने बताएका हुन्।

उनले सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल गरेका छन् । कति क्षति भयाे, त्यसको आकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको उनले बताए ।

मुख्य सचिव अर्यालले भने, ‘त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं। सरकार सञ्चालनको विषयमा आएको सबै हल्ला हो। सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ। त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं। अभिलेखको क्षति कल्पनासमेत गर्न सकिँदैन। पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आकलन गर्छौं।’