१ कार्तिक २०८३, आइतबार

सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त अपिल : भन्छन्,‘संविधानमै समाधान खोजौं’



काठमाडौं । देशको पछिल्लो जटिल परिस्थितिबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संविधान र विधिको शासनबाट बाहिर जान नहुने बताएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राष्ट्रपति संस्थाले संवैधानिक उपायमार्फत् निकास खोजिरहेको भन्दै सर्वोच्च सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनताको सम्मान गर्न सबै पक्ष प्रतिबद्ध रहनुपर्ने उल्लेख गरेका छन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दु:ख प्रकट गरेको छ । शान्तिपूर्ण समाधान र सहमतिको मार्गमा अघि बढ्न आह्वान गरिएको छ ।