१२ कार्तिक २०८३, बिहिबार

सुरक्षा अपडेट : २६८ हतियार बरामद



काठमाडौं । सुरक्षा संवेदनशीलता बढेसँगै नागरिकस्तरबाट पनि हतियार बुझाउने क्रम तीव्र भएको छ ।

शुक्रबार सिन्धुली मरिन–४ घर भएका एक व्यक्तिले आफ्ना साथमा रहेको ९ मि.मि. चाइनीज पेस्तोल (नाल–१) काठमाडौंको डल्लु क्षेत्रमा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई बुझाएका छन् ।

नेपाली सेनाका अनुसार हालसम्म देशभर विभिन्न स्थानबाट २६८ नाल अवैध हतियार बरामद भएका छन् ।