११ श्रावण २०८३, सोमबार

दशैंमा घर फर्किने यात्रुहरूको लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी, सरकारले थाल्यो छलफल



काठमाडौं। नेपाली चाड दशैं नजिकिंएसँगै गाडीहरुको अग्रिम टिकट बुकिङको तयारी थालिएको छ । दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुलाउन सरकारले यातायात व्यवसायीहरूलाई छलफलमा बाेलाएकाे हाे ।

आगामी दशैं पर्वमा घर फर्किने यात्रुहरूको लागि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न बैठक बाेलाउकाे हाे ।

दशैंमा यात्रुहरूको अत्यधिक भीडलाई व्यवस्थापन गर्न अग्रिम टिकट प्रणाली अत्यन्त महत्वपूर्ण हुने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट बुकिङका लागि सेवाग्राहीलाई सहजता होस् भनेर अनलाइन टिकट बुकिङ र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने निर्णय भएकाे बताए ।

अग्रिम टिकट बुकिङको कार्यान्वयन गर्दा, यातायात व्यवसायीहरूले सबै प्रकारका सुरक्षा उपायहरू सुनिश्चित गर्न आवश्यक रहेको कुरा जोड दिएका छन्।

यस प्रकारको व्यवस्थापनले दशैंको समयमा हुने सडक दुर्घटना र ट्राफिक जामलाई कम गर्नमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको ट्राफिक प्रहरीकाे भनाइ छ।