१ कार्तिक २०८३, आइतबार

नाउपा छाेड्दै रेशम चौधरीले गरे नयाँ पार्टीकाे घाेषणा



काठमाडाैं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका छन् ।

नाउपाका संस्थापक एवं संरक्षक समेत रहेका चौधरीले सामाजिक सञ्जालमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् ।

यस्तै उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका छन् ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको बेला उनकाे यस्ताे निर्णय आएको हाे ।