ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य



काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य सुामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्