१२ कार्तिक २०८३, बिहिबार

अमेरिकी दूतावासले दियो प्रधानमन्त्री कार्कीलाई बधाई



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर टमसनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् ।

आइतवार उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत नेपाली र अंग्रेजी दुवै भाषामा बधाई सन्देश जारी गरेका छन् ।

उनले लेखे,‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ ।’

साथै, उनले गत हप्ताका दुखद घटनापछि शान्तिपूर्ण समाधानको स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन् ।

उनले नेपाल सरकार, नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको पनि सम्मान गरेका छन् । आगामी निर्वाचनको तयारीमा नेपालसँग सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।