प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, परिवारलाई १०-१० लाख
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणसँगै उनले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेकी छन् ।
पहिलो निर्णयानुसार प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै गरिन ५ निर्णय
१. जेन-जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा ।
२. मृतकका परिवारलाई १० लाख दिने ।
३. घाइतेहरुको सरकारले उपचार गर्ने ।
४. शव लैजाने तथा अन्त्येष्टिको खर्च दिने ।
५. अपाङ्गता भए सुविधा उपलब्ध गराउने ।













