१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री कार्कीलाई चीनको बधाई



काठमाडौं । चीन सरकारले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

आइतवार चीनको विदेश मन्त्रालयको प्रवक्ताले शपथ ग्रहणको अवसरमा कार्कीलाई बधाई दिएको छ । यसका साथै नेपाल र चीन बीचको लामो समयको मित्रता र सहकार्यको महत्त्वमा जोड दिएका छन् ।

चीनले नेपाली जनताको स्वतन्त्र छनोट गरिएको विकास मार्गलाई सम्मान गर्ने र पञ्चशील सिद्धान्तको प्रवर्धनमा सहकार्य गर्न तत्पर रहेको बताएको छ ।