११ श्रावण २०८३, सोमबार

कार्की मन्त्रीपरिषदमा थपिए तिन मन्त्री, अर्थमा खनाल, उर्जामा कुलमान आउँदा गृहमा अर्यालले मारे बाजी



काठमाडाैँ । प्रधानमन्त्री भएकाे दुई दिनमै सुशीला कार्कीले मन्त्रीपरिषद विस्तार गरेकी छिन् ।

कार्कीले अर्थमन्त्रीमा पुर्व अर्थसचिव रामेश्वर खनाललाई नियुक्त गरेकी छिन् । अर्थमन्त्री भरतमाेहन अधिकारीकाे पालामा बजेट निर्माणमा कुरा नमिलेर सचिवबाट राजिनामा ठाेकेर बेपत्ता भएका थिए ।

बजेट निर्माणमा विशेष दख्खल राख्ने खनाललाई महिला प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीकाे जिम्मेवारी दिएकी हुन् ।

कार्कीले उर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी छिन् । घिसिङकाे कार्यकाल बाँकी छदै यसअघिका उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए ।

उज्यालाे नेपाल अभियानका अभियान्त्ता कुलमानलाई उर्जासहित भाैतीक पुर्वाधार र शहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै गृह मन्त्रीमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिइएकाे छ । अर्यालले कानुन मन्त्रालयसमेतकाे जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीहरूकाे सपथकाे तयारीमा राष्ट्रपति कार्यालय जुटेकाे छ । भाेली साेमबाट तीन मन्त्रीकाे सपथ हुने प्रधानमन्त्री कार्यालय स्राेतले बताएकाे छ ।