कार्की क्याबिनेटका ३ नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूले पद तथा गाेपनियताकाे सपथ लिउकाे छन् ।
नव नियुक्त मन्त्रीहरूले सवा १२ बजे शितल निवास परिसरमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट सपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री र कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीको रूपमा सिफारिस गरेकी हुन्।













