खर्च कटौती नै नयाँ अर्थमन्त्री खनालको पहिलो निर्णय, टुक्रे आयोजना कार्यान्वयन नगर्ने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नगरीएका टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय लिएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
पहिलो निर्णयको रूपमा पूर्व तयारी नगरीएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय लिएका छन् । युवाका माग पूरा गर्नु र निर्वाचन तयारी गर्नु नै अहिले प्राथमिकता रहेको उनले बताए । त्यसका लागि पनि खर्च कटौतीको निर्णय गरिएको बताए ।














