११ श्रावण २०८३, सोमबार

गृहमन्त्री अर्यालको तीन निर्णय केके हुन् ?



काठमाडौं । नवनियुक्त गहृमन्त्री ओमप्रकाशन अर्यायलले पहिलो तीन निर्णय गरेका छन् ।

जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शहीदहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यसैगरी, गृह मन्त्रालयले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।

शव व्यवस्थापनको लागि नि:शुल्क सवारीसाधन उपलब्ध गराइने र विकट क्षेत्रमा हेलिकप्टरबाट शव पुर्‍याउने व्यवस्था गरिएको छ ।