घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । ऊर्जा व्यवस्थापनमा प्रख्यात कुलमान घिसिङलाई सरकारले तीन प्रमुख मन्त्रालयको जिम्मेवारी दिएको छ । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ हटाउने अभियानको नेतृत्व गर्दै ऊर्जा क्षेत्रमा आफूलाई एक कुशल प्रशासकको रूपमा प्रमाणित गरेका थिए ।
यसअघि उनले प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा लामो समय घाटामा रहेको संस्थालाई नाफामा पुर्याएका थिए । देशको ऊर्जा, यातायात र सहरी विकासमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।















