१२ कार्तिक २०८३, बिहिबार

घिसिङले तलब, भत्ता र सुरक्षाका सुविधा नलिने



काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो मन्त्री पदको सेवा सुविधासम्म प्रयोग नगर्ने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई प्राप्त हुने तलब, भत्ता र सुरक्षाका सुविधा नलिने बताए । यस्तो रकम सबै शहीद परिवारको कोषमा जम्मा गरिने बताए ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारलाई भेट्न अस्पताल समेत पुगेका थिए । पदभार ग्रहणको क्रममा घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयसमेत गरेका छन् ।