हुम्लामा सञ्चालनमा आयो नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हुम्लामा सञ्चालनमा आयो नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा



काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गतको हिमाली जिल्ला हुम्लाका विभिन्न दुर्गम गाउँपालिकामा फोरजी र फाइभजी सेवा विस्तार गरेको छ। यससँगै अब हुम्लाका बासिन्दाले गुणस्तरीय तथा उच्चगति इन्टरनेट सेवा प्रयोग गर्न सक्ने भएका छन्।

टेलिकमले सर्केगाड गाउँपालिका–१ मा यही भदौ २५ गतेदेखि सेवा सञ्चालनमा ल्याएको छ। सर्केगाड गाउँपालिकाको वडा नं १, २, ४, ५, ६ अन्तर्गत पर्ने जिमाल्सा, माम्सा, तिवरासी, नादोल, लुंगलगायत क्षेत्रका बासिन्दाले अब फोरजी तथा फाइभजी सेवाबाट लाभ लिन सक्नेछन्।

हुम्लाकै चंखेली गाउँपालिका–६ मा पनि भदौ २७ गतेदेखि टुजी र फाेरजी सेवा सञ्चालनमा आएको छ। फाेरजी सेवा सञ्चालनमा आएपश्चात

चैखेली गाउँपालिका वडा नं ४, ५ र ६ मा पर्ने बरैहीया गाउँ, सरू गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भु-भागहरूमा सेवाग्राहि गुणस्तरीय फाेरजी सेवाबाट लाभान्वित भउकाे टेलिकमले जनाएकाे छ ।

नेपाल टेलिकमले देशका विकट, सीमान्तकृत तथा प्रविधिबाट पछाडि परेका स्थानहरूमा प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार सेवा विस्तार गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्