११ श्रावण २०८३, सोमबार

सरकार र यातायात व्यवसायीबीच १९ बुँदे सहमति, अग्रिम टिकट बुकिङमा कस्तो निर्णय ?



काठमाडौं । दसैंका लागि गाडीको अग्रिम बुकिङ्ग यो वर्ष पनि निरन्तरता हुने भएको छ । अग्रिम टिकट बिक्रीको व्यवस्थाका लागि यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूको छलफलबाट निर्णय भएको हो ।

छलफलबाट १९ बुँदे निर्णय समेत गरिएको छ । अग्रिम टिकट बिक्रीको मिति नतोकिने र यात्रुले ४ दिन अगाडि टिकट बुक गर्न पाउने प्रावधान गरिएको हो ।

यातायात विभागका सूचना अधिकारी गणेश राईका अनुसार यस वर्ष पनि ४ दिन अघि टिकट बुक गर्न सकिने छ । तर, ५ दिन भन्दा पछिका लागि अग्रिम टिकट बुक गर्न पाइने छैन।

विभागले यस वर्षको अग्रिम टिकट बुकिङलाई काठमाडौँबाट गाउँतिर यात्रा गर्ने गाडीहरूको चाप र सम्भावित समस्यालाई मध्यनजर यस्तो सुविधा प्रदान गरेको हो ।

बैठकमा अनलाइन बुकिङको प्रोत्साहन, सार्वजनिक सवारीमा मादक पदार्थ सेवन नहुने र अनधिकृत काउन्टरबाट टिकट बिक्री नियन्त्रण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

यस्ता छन् सरकार र यातायात व्यवसायीले गरे १९ बूँदे निर्णयहरु