११ श्रावण २०८३, सोमबार

दसैँको चहलपहल सुरु : नयाँ बसपार्कमा यात्रुको घुइँचो, उपत्यकाबाट दैनिक बाहिरिए १५ हजार



काठमाडौं । यति बेला विजयादशमी र तिहारका कारण चहलपहल तिव्र भएको छ । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा अहिले यात्रुको घुइँचो बढेको छ ।

त्रिभुवन विश्वविद्यालय र अन्य क्याम्पसहरूमा जेनजी आन्दोलनका कारण पठनपाठन स्थगितपछि विद्यार्थीहरूले गृहजिल्ला जान थालिएका छन् । जसले बसपार्कमा भीडलाई अझ बढाएको हो ।

जेनजी प्रदर्शनका कारण लामो समय अवरुद्ध रहेको सार्वजनिक यातायात अहिले पुन: सञ्चालनमा आएको छ । लोत्से बहुउदेश्यीय प्रालिकाका अनुसार दैनिक ४ हजारदेखि ५ हजार यात्रु बसपार्कबाट बाहिरिने गरेका छन् । तर, अहिले त्यो संख्या बढ्ने क्रम जारी छ । हाल दैनिक नयाँ बसपार्कमा यात्रुको संख्या १२ हजार देखि १५ हजारसम्म पुगेको बताइएको छ ।

सरकारले यस वर्षको दसैँमा अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ । यसले घरेलु यात्रुको संख्यामा कमी आउने सम्भावना रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

यात्रुहरूको चाप बढिरहेको हुँदा सरकारले असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म रुट परमिट खुला गरेको छ । ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायातको सहज सञ्चालन हुनेछ ।