११ श्रावण २०८३, सोमबार

दुईतर्फी रुपमा संचालनमा आयाे मुग्लिन-नारायणगढ सडक



काठमाडौं। बिहिबार बिहानदेखि मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी रुपमा संचालनमा आएको छ। बिहान ८ः३० बजे दुईतर्फी रुपमा सवारी आवागमन संचालनमा आएको हो।

सडक विभाग कार्यालय भरतपुरले पहिरो पन्छाउने काम सकिएपछि सडक दुईतर्फी रुपमा संचालनमा आएको जनाएको छ।

इच्छाकामना गाउँपालिकाको मुग्लिन नजिकै तुइन खोला छेउमा सामान्य पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो।