नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र उनको भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । विहीबार यी दुई नेताबीच कुराकानी भएको खरबहरु आएका छन् ।
बुधबार मोदीको जन्म दिनका अवसरमा संसारका धेरै नेतासँग टेलिफोन सम्बाद भए पनि नेपाली प्रधानमन्त्रीसँग बिहीबारमात्रै सम्बाद भएको हो ।
उक्त सम्बादको जानकारी दिँदै भारती प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई दोहोर्याएँ। साथै, मैले उहाँ र सबै नेपाली जनतालाई भोलिको राष्ट्रिय दिवस (संविधान दिवस)प्रति हार्दिक शुभकामना व्यक्त गरें।’













