एनआईसी एशिया बैंकका सीइओ न्यौपानेको राजिनामा
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
उनले असोज १ गते बुधवार पदबाट राजिनामा दिएका छन् । उनले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएका हुन् ।
सीइओ न्यौपानेले दिएको राजिनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकलेस्वीकृत गरेको छ । सोही बैठकले तत्कालीन नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ ।













