विदेशबाटै सरकारलाई राजस्व तिर्न मिल्ने सुविधा सुरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विदेशबाटै सरकारलाई राजस्व तिर्न मिल्ने सुविधा सुरु



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट राजस्व भुक्तानीको सुरुवात गरेको छ ।

बिहीबारको दिन अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रुपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ गरिएको छ ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमाको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुने बताइएको छ ।

यसका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुनगई डिजिटल इकोनोमीको प्रबद्र्धनमा टेवा पुग्ने सरकारले अपेक्षा लिएको छ ।

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कर्जा, अलिपे लगायतका अन्तराष्ट्रिय भुक्तानी नेटवर्कमा आवद्ध कार्डहरू मार्फत अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सुरु भएको छ ।

यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा सरकारका अन्य निकायहरूमा पनि विस्तार हुँदै जाने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्