चिनियाँ राजदूत चेन सोङले भेट प्रधानमन्त्री कार्की
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर बिहीबार राजदूत छनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् ।
राजदूत छनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै दुई देशबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गरेकाे नेपालस्थित चिनियाँ राजदुतावासले जनाएकाे छ ।













