भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु, सबैभन्दा सस्तो मोडल ८२ हजार ९०० रूपैयाँमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतमा आइफोन १७ सिरिजको बिक्री सुरु, सबैभन्दा सस्तो मोडल ८२ हजार ९०० रूपैयाँमा



काठमाडाैं । भारतमा आईफोन १७ सिरिजको बिक्री आजदेखि शुक्रबार सुरू भएको छ । आज बिहानैदेखि एप्पलका स्टोरहरूमा लामो लाइनहरू देखिएका छन्।

सेप्टेम्बर महिनाको सुरुमा, एप्पलले आइफोन १७ सिरिज लन्च गरेको हो जसमा आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स साथै यसको सबैभन्दा पातलो आइफोन (आईफोन एयर) समावेश छन्।

अब, चारैवटा आइफोन मोडलहरू भारतका आधिकारिक अनलाइन र अफलाइन स्टोरहरूमा उपलब्ध भइसकेका छन् ।

आईफोन १७ (२५६ जीबी)काे मूल्य ८० हजार ९०० भारतिय रूपैयाँ र आईफोन १७ (५१२ जीबी)काे मूल्य १ लाख २ हजार ९०० भारतिय रूपैयाँ ताेकिएकाे छ ।

यस्तै आईफोन १७ प्रो (२५६ जीबी), (५१२ जीबी) र (१ टीबी) काे मूल्य क्रमशः १ लाख ३४ हजार ९००, १ लाख ५४ हजार ९०० र १ लाख ७४ हजार ९०० रूपैयाँ ताेकिएकाे छ ।

भारतमा आईफोन १७ प्रो म्याक्स मोडेल विशेष आकर्षणको केन्द्र बनेको छ जुन कोस्मिक ओरन्ज रंगमा उपलब्ध छ। यस वर्षको प्रो म्याक्स मोडेलको माग अघिल्लो वर्षको तुलनामा बढेको छ, र यसका आकर्षक अपग्रेड र शक्तिशाली प्रदर्शनले यसलाई एक प्रमुख स्मार्टफोन बनाएको छ।

आईफोन १७ प्रो म्याक्स(२५६ जीबी भेरियन्ट) को मूल्य १ लाख ४९ हजार ९०० भारतिय रुपैयाँदेखि सुरु छ। यस्तै उपभोक्ताहरुले ५१२ जीबी, १ टीबी र २ टीबी भेरियन्ट क्रमशः १ लाख ६९ हजार ९००, १ लाख ८९ हजार ९०० र २ लाख २९ हजार ९०० भारतिय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

यसको सुधारिएको डिजाइन र प्रदर्शनले यस वर्षको मोडेल अघिल्लो वर्षको तुलनामा महँगो छ। साथै, एप्पल स्टोरहरुले विभिन्न छुट तथा एक्सचेञ्ज बोनस समेत दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्