सानिमा बैंकको लाभांश घोषणा, ७.३६ प्रतिशत नगद लाभांश दिने
काठमाडाैं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।
बैंकले आफ्ना सेयरधनीलाई हालको चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले नगद लाभांश दिनेछ । बैंकले ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
अब यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।













